नेपालमा चिनियाँ भाषाको बिस्तार

२ बर्ष अघि

२0७८ चैत्र १९ शनिबार

नेपालमा चिनियाँ भाषाको बिस्तार

काठमाडौ ।  चिनले उदयमान आफ्नो अर्थतन्त्र र शक्ति लाई प्रयोगमा ल्याउन नेपाल जस्तो गरिब मुलुकमाथी आर्थिक ऋण साथै अरु बिबिध क्षेत्रमा समेत आफ्नो सकृयता लाई बढाउदै लागिरहेको छ।

आर्थिक साहायता सङ सङै पछिल्लो समय उस्ले चिनियाँ भाषा लाई नेपालमा बढ्दो प्रयोगमा ल्याउन देस भरका निजि तथा सामुदायिक बिद्यालय हरुमा चिनिया दूतावासकै सहयोगमा चिनियाँ भाषाको कक्षा हरु सन्चालन गर्न अनुमती मागिरहेको छ।

चीन सङ स्थानीय जनताको सम्पर्क कम भएको महसुस गर्दै उस्ले चिनियाँ भाषाको प्रयोग र प्रभाब बढाउन र स्थानीय जनता सङ सम्बन्ध स्थापित गर्न चिनियाँ भाषा अद्ययन को लागि निजि तथा सामुदायिक बिद्यालय हरुमा चिनियाँ भासा अध्यनको लागि अनुमती मागेको छ।देस भर अहिले पनि धेरै बिद्यालय हरुमा चिनियाँ स्वयंसेबिका बाट चिनियाँ भासा अध्यन गराउने काम भैरहेको छ।

आर्थीक शक्ति केन्द्र बनेपछी चिनले सफ्ट पावर का रुपमा भासा, सस्कृती  सिकाएर र छात्रवृत्ति प्रदान गरेर नेपालमा स्थाइ सक्तिको रुपमा स्थापित भै राख्न चिनले यो विषयलाई नेपाल प्रबेस गराएको छ।चिनले नेपालमा १० बर्स अघि चिन अध्ययन मन्च स्थापित गरेको थियो उक्त सेन्टर मार्फत तल्लो तहसम्म चिनियाँ भासा बिस्तार गर्न नसके पछि चिनियाँ स्वयंसेबिका मार्फत बिद्यालयमा भासा सिकाउन थालियको छ।

यसरी चिनियाँ स्वयंसेबिका मार्फत बिद्यालयमा चिनियाँ भासा पढाउनु भनेको चिनले नरम शक्ति मार्फत नेपाल सङ सम्पर्क बढायर जनता नजता बिचको सम्बन्ध लाई निकट बनाउन र उस्ले आफ्नो कुटनैतिक र राजनैतिक गतिविधि बिस्तार गर्न चिनले भासा बिस्तार गर्न लगानी गरिरहेको छ।हाल देसभर १६० भन्दा बढी बिद्यालयमा चिनियाँ भासा पढाउन अनुमति लिइ सकेका छन।

यस्का लागि १६६ चिनियाँ स्वमसेबिका खटिएका छन।चिनियाँ भाषा पढाउन अनुमती पाएका बिद्यालय हरु र पढाइ रहेका बिद्यालय हरुलाइ चिन सरकार बाट बार्शिक अनुदान आउने गरेको छ।काठमाडौमा माउन्ट भिउ स्कुल ,लिटल एन्जल अङ्ग्रेजी स्कुल लगाएत दर्जनौ बिद्यालयमा चिनियाँ भासा पढाइ भैरहेको छ।अहिले काठमाडौ बाहिर काभे,पोखरा बुटवल ,खोटाङ ,रुपन्देहि लगाएत का जिल्ला हरुमा रहेका निजि तथा सामुदायिक बिद्यालयमा समेत चीनिया भासाका कक्षा हरु सन्चालन भैरहेका छन।

यसरी खुलेआम चिनियाँ भासाको प्रबेसले चिनले नेपालमाथि आर्थिक रुपमा मात्र हैन सास्कृतिक हिसाबले पनि हस्ताक्षेप बढाएर लगेको छ।नेपालमा चिनियाँ भासा परिक्षण लाई नेपालको रास्ट्रिय सैक्षिक प्रणालीमा समाबेस गराउन पनि दबाब सिर्जना गरिरहेको छ यदि नेपालको रास्ट्रिय सैक्षिक प्रणालीमा चिनियाँ भासा प्रशिक्षण समाबेस भयो भने मुलुक भर चिनले भासामा कब्जा गर्न सक्ने चुनौती हरु देखा पर्न सक्छ।चिनको कन्फ्युसियस इन्टिच्युट मार्फत अर्बौ रुपिया लगानी गरेर बिगत १४ बर्ष देखि नेपालमा चिनियाँ भासा प्रशिक्षण केन्द्र हरु सन्चालन गरिरहेको छ।