दार्चुला । दार्चुला जिल्लाको शान्ति सुरक्षाको लागि नेपाल प्रहरी कटिबद्ध भएर काम गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रतिक विष्टको भनाई रहेको छ । शनिबार दार्चुला जिल्लामा कृयासिल पत्रकारहरु संगको परिचयतामक कार्यक्रमा बोल्दै प्रहरी प्रमुख विष्टले उक्त कुरामा जोड दिएका हुन । प्रदेश प्रहरी तलिम केन्द्र धनुषाबाट एकहप्ता पहिले दार्चुला पुग्नु भएका डिएसपी बष्टिले पत्रकारहरु संग परिचयात्मक कार्यक्रम गरेका हुन् ।
कार्यक्रमा दार्चुला जिल्लामा झै झकडा , चोरी र आत्महत्याका घटनाहरु बढि हुने गरेकाले त्यसको नियन्त्रणका लागि सबै सरोकारवाल निकायले सहयोग गर्नु पर्ने कुरा बताएका छन । पछिल्लो समय युवा पिडिहरु विग्रिएकाले नियन्त्रण र निगरानिका लागि समुदायमा जनचेतना मुलक कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा पनि बताउनु भयो । समुदाय प्रहरी साँझेदारी कार्यक्रमलाई प्रभावकारी ढंङगबाट अगाडि बढाएर प्रहरी समुदायमा जानु आश्यक रहेको कार्यक्रमका सहभागिहरुको जोड थियो । उक्त कार्यक्रममा दार्चुला जिल्लामा कृयासिल सञ्चारकर्मीहरुकाे सहभागिता रहेको थियो ।