स्कुलमै गएर टाइफाइडको खोप लगाउने तयारी

२ बर्ष अघि

२0७८ चैत्र १९ शनिबार

स्कुलमै गएर टाइफाइडको खोप लगाउने तयारी

दार्चुला ।  नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ । योसँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ । अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ । स्वास्थ्य कार्यालय, दार्चुलाका खोप फोकलपर्सन विरेन्द्र भट्टका अनुसार, १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने तयारी भएको छ । दार्चुलामा यो उमेर समूहमा ३६ हजार जना बालबालिका रहेका छन् । चैत्र २५गते देखि ३० गतेसम्म खोप लगाइँदैछ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई स्कुले हुने भएकाले स्कुललाई खोप केन्द्रका रूपमा विकास गरेर अघि बढिएको छ । फोकलपर्सन भट्टले बढी विद्यार्थी भएको स्कूललाई खोप केन्द्र मानिएको छ ।
त्यसभन्दा कम विद्यार्थी भएको विद्यालयलाई नजिकको विद्यालयसँग जोडिएको छ । १५ महिना देखि ४ वर्ष सम्म एच।एम।आई।एस। अनुसार  ९करिब ७ हजार० तथा ५ देखि १५ वर्ष सम्म स् विद्यालयको तथ्यगत विवरणको आधारमा ९करिब ३० हजार०   गरी ३७ हजार बालबालिकाहरुलाई खोप लगाइने बताइएको छ ।कोभिड–१९ विरुद्धको खोप अभियान निरन्तर सञ्चालन भई रहेको पनि बताइएको छ ।

स्थानीय तहको निर्वाचन २०७८ बैशाख ३० गते हुने गरी मिति घोषणा भएको तथा बैशाख महिना विद्यालयको शैक्षिक सत्रको अन्त्य हुने महिना भएको एस.ई.ई. परिक्षा २०७९ बैशाख ९ गते देखि २० गते सम्म संञ्चालन हुने जेष्ठ महिनापछि कार्यक्रम सञ्चालन गर्न वर्षा यामको कारणले कठिनाई हुने भएकाले जिल्लामा तत्काल खोप कार्यक्रम संञ्चालन हुने पनि बताइएको छ ।

जिल्लामा जम्मा खोप केन्द्रको संख्या ४२१ हुने छ भने जम्मा लक्षित जनसंख्या ३६ हजार ९सय ४० जना रहेने बताइएको छ । खोप दिने स्वास्थ्यकर्मीको संख्या १४३ जना रहने छ । स्वयमसेबक ८४६ यो अभियानमा प्रत्यक्ष खटिने जनशक्ती १ हजार ६४ जना रहेका छन । खोपले टाइफाइडको किटाणु मार्ने र शरीरमा शक्ति उत्पादन गर्ने जानकारहरू बताउँछन् । टाइफाइड पनि जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । स्वास्थ्य कार्यालय, दार्चुलाले लक्षित सबै बालबालिकालाई खोप लगाउनका लागि आन्तरिक तयारी गरिरहेको छ ।