नेपाल–भारतबीच के के भयो ?

२ बर्ष अघि

२0७८ चैत्र १९ शनिबार

नेपाल–भारतबीच के के भयो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको दोस्रो दिन महत्वपूर्ण रह्यो । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन । आजै दुई देशबीच पूर्वाधार विकासलगायतको घोषणा, आयोजनाको उदघाटन देखि पत्र आदानप्रदान भएका छन् ।


नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहयोगसम्बन्धी संयुक्त दृष्टिकोणको वक्तव्य जारी भएको छ । संयुक्त वक्तव्यमा सम्झौताको २६ वर्ष पुगिसक्दा पनि डिपिआर समेत तयार नभएके पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विषय उल्लेख छ । देउवा र मोदीले डिपिआरलाई अन्तिम रुप दिन द्विपक्षीय कुराकानी गर्ने सहमति भएको उल्लेख छ ।

वक्तव्यमा ऊर्जामा दुईपक्षीय सहयोग आदानप्रदान अन्तर्गत ऊर्जा आयोजनाको विकास, अन्तरसीमा ट्रान्समिसन लाइनको विकास, ऊर्जा व्यापार र दुई देशको विद्युत बजारको पहुँचमा सहमति भएको उल्लेख छ । भारतको नेपालमा पुर्न उपयोग ऊर्जामा लगानी अनुसार विषेशगरी जलविद्युतमा लगानी, दुई देशको अर्थतन्त्र बलियो बनाउन रोजगारी, निर्यात वृद्धि, औद्योगिक विकासलगायतमा सहमति भएको छ । नेपालले ऊर्जामा भारतीय लगानीको आग्रह गरेको वक्तव्यमा उल्लेख छ ।

नेपालको कुरताबाट भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो रेल्वे उद्घाटन भएको छ । देउवा र मोदीले संयुक्त रुपमा नयाँ रेलको सञ्चालनको उदघाटन गरेका हुन् । २० अर्ब भारुमा निर्माण भएको ९० किलोमिटर लामो १३२ केभी ट्रान्सिमसन लाइनको समेत उदघाटन भएको छ । देउवा र मोदीले नेपालमा रुपे कार्ड सञ्चालनको उदघाटन गरेका छन् । १३२ वटा स्वास्थ्य क्षेत्रसम्वद्ध भवनहरुको निर्माणको समेत अवलोकन गरेका छन् ।

यसैगरी, दुई देशबीच सौर्य एलायन्ससम्बन्धी सम्झौता, रेल्वे क्ष्ँेत्रको प्राविधिक सहयोगको सम्झौता, पेट्रोलियम पद्धार्थ आपूर्तिसम्बन्धी सम्झौता, इन्डियन आयल कर्पोरेशल र नेपाल आयल कर्पोरेशनबीच प्राविधिक विज्ञ आदानप्रदानको सम्झौतासम्बन्धी पत्र आदानप्रदान भएको छ ।