हातहतियार बुझाउन दार्चुला प्रशासनको अनुरोध

२ बर्ष अघि

२0७८ चैत्र १३ आईतवार

हातहतियार बुझाउन दार्चुला प्रशासनको अनुरोध

दार्चुला ।  इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरको छ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वतावरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हतियारहरु बुझाउन आइतबार एक सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको छ । हातहतियारहरु जिल्ला प्रहरी कार्यालय दार्चुलामा वा नजिकको प्रहरी चौकीमा बुझाउन भनिएको छ । उक्त हतियारहरू निर्वाचन पश्चात फिर्ता गरिने प्रमुख जिल्ल अधिकारी दीर्घराज उपाध्यायले बताउनुभएको छ ।  सूचना हेर्नुहोस