अन्तरपार्टी महिला सञ्जाल  दार्चुलाले गृहमन्त्रालयको ध्यानाकर्षण 

६ बर्ष अघि

२0७५ भाद्र १४ बिहीबार

अन्तरपार्टी महिला सञ्जाल  दार्चुलाले गृहमन्त्रालयको ध्यानाकर्षण 

दृष्टिकोण समाचार दार्चुला भाद्र १४ गते 
दार्चुला जिल्लामा रहेको अन्तर पार्टी महिला सञ्जालले आज देशमा भईरहेको महिला हिंसाको विवरण सहित  गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन । 
देशभरि विभिन्न मितिमा भएको महिला हिंसाले विकाराल रुप ल्याएकोले गृहमन्त्रालयलाई यस्ता घटनाका न्युनिकरण गर्न माग गर्दे बहिबार अन्तर पार्टि महिला सञ्जालले गृहमन्त्रालयको ध्यानाकर्षण गराएको महिला सञजाल दार्चुलाका अध्यक्ष हिरा देवि अवस्थीले बताउनु भयो । 
पछिल्लो एक महिना पहिले महेन्द्रनगरमा भएको निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाले देशभरि आन्दोलन तथा विरोधहरु भईरहदा पनि प्रहरी प्रशासनले दमन गरिरहेको घटनाले पिडित परिवारले न्यायनपाउने खवस्थामा देखिएकाले बहिबार प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायमार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन । 
गृहमन्त्रालयमा पठाएको ध्यानाकर्षण पत्र सहित हेर्नुहोस ।