भारतमा ८० करोड जनतालाई ठूलो उपहार दिँदै मोदीले गरे घोषणा

२ बर्ष अघि

२0७८ चैत्र १३ आईतवार

भारतमा ८० करोड जनतालाई ठूलो उपहार दिँदै मोदीले गरे घोषणा

एजेन्सी । ८० करोड जनतालाई ठूलो उपहार दिँदै भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण अन्न योजनाको अवधि थप गरेको छ  । यो अब समयावधि बढाएर ३० सेप्टेम्बर २०२२ सम्म गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार साँझ ट्वीट गर्दै यो जानकारी दिएका हुन्।

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै लेखेका छन्, “भारतको शक्ति देशका प्रत्येक नागरिकको शक्तिमा निहित छ। यो शक्तिलाई अझ बलियो बनाउन सरकारले प्रधानमन्त्री गरीब कल्याण अन्न योजनालाई सेप्टेम्बर २०२२ सम्म छ महिना बढाएको छ। “यसलाई निरन्तरता दिने निर्णय भएको छ। देशका ८० करोडभन्दा बढी जनताले पहिले जस्तै लाभ लिन सक्नेछन्।” भारतमा प्रत्येक ब्याक्ती ५ किलो ग्राम खाद्यान्न अन्न उपलब्ध गराउदै आएको छ ।  पहिले भारत सरकारले हरेक महिना मा एक पटक दिने गरेको थियो भने भारत मोदी सरकारले गरिब जनता माध्यम वर्ग ध्यानमा राख्दै २ पटक उपलब्ध गराउन लागेको हो । हरेक १५ दिनमा खाद्यान्न उपलब्ध गराउने गरेको हो ।

केन्द्रीय मन्त्रिपरिषद्ले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई थप ६ महिनाको लागि विस्तार गर्न अनुमोदन गरेको बताइएको छ । यसअघि, प्रधानमन्त्री गरीब कल्याण अन्न योजनाको अन्तिम मिति घज्ञ मार्च द्दण्द्दद्द थियो। यूपीमा सत्ता सम्हालेपछि मात्रै योगी आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिने दोस्रो दिन ३ महिनासम्म निस्शुल्क राशन योजना लम्ब्याएका छन् ।