भारतीय ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

२ बर्ष अघि

२0७८ चैत्र १३ आईतवार

भारतीय ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

काठमाडौ । नेपालमा भारतीय रुपैयाँ ५ सय र २ हजारका नोट चल्ने व्यवस्थाका लागि निजी क्षेत्रले माग गरेको छ । संघीय संसद अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि सुझाव लिन बोलाएको बैठकमा निजी क्षेत्रबाट यस्तो सुझाव आएको हो ।


नेपाल उद्योग वाणिज्य महासंघ का केन्द्रीय सदस्य एवम् महासंघको कर तथा राजस्व समितिका सभापति सन्दिप अग्रवालले नेपाल मा भारतीय पर्यटकको सहजताका लागि भारतीय ५ सय र २ हजारका नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताएका हुन् । विदेशी मुद्रा आर्जन गर्नका लागि पर्यटन प्रमुख क्षेत्र हो । भारतीय पर्यटकलाई नेपालमा सहजताका लागि त्यहाँका डेबिट र क्रेडिट कार्ड सहजरूपमा चल्न सक्नुपर्छ अग्रवालले भने, भारतीय ५ सय र २ हजारका नोट पर्यटकले गोजीमै बोकेर आउँछन् ।

पर्यटन क्षेत्रको सेवा शुल्क हटाउने वा कम गर्ने, कृषिमा आयकर पूर्ण छुट दिनुपर्ने, हरेक नेपालीले शून्य दरमा सम्पत्तिको अभिलेखिकरण गर्न पाउनुपर्ने लगायतका विषय सम्बोधनका लागि पनि महासंघले सुझाव दिएको छ । समितिले निजी क्षेत्रसँग आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव तथा अहिले निजी क्षेत्रको माग गुनासो तथा समस्याबारे बुझ्नका लागि छलफल गरेको हो ।

छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारतीय ५ सय र २ हजारका नोट नेपालमा चल्न दिँदा मुलुकलाई नै फाइदा हुने उल्लेख गरे । ’अहिले डलर बेचेर भारतीय रुपैया किन्नुपर्ने अवस्था नेपालको छ ।