पासेमा फसेको चितुवाकाे उद्धार

२ बर्ष अघि

२0७८ चैत्र ११ शुक्रबार

पासेमा फसेको चितुवाकाे उद्धार

दार्चुला ।दार्चुलामा पासोमा फसेको चितुवाको २४ घण्टा पछि उद्धार गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-६ बाँकुमा बिहीवार बिहान बँदेलका लागि थापेको पासोमा फसेको चितुवालाई २४ घण्टापछि शुक्रबार  उद्धार गरिएको हो ।बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिकहरुको टोलीले चितुवाको उद्धार गरेको हो । चितुवालाई होसमा आएपछि अवस्था हेरेर प्राकृतिक वन क्षेत्रमा छाडिने डिभिजन बन कार्यालय दाुर्चलाका निमित्त डिभिजन बन अधिकृत प्रमानन्द कुवरले जानकारी दिनु भयो विहिबार  दिन र रातभर वन कर्मचारी र प्रहरीले पहरा दिएका थिए । मालिकार्जुन गाउँपालिका-६ बाँकुमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको र चितुवाको उद्धारका लागि बाँकेबाट उद्धार टोलि दार्चुला पुगि चितुवाको जिवितै उदार गरि थप उपचारका लागि बन्यजन्तु उद्धार केन्द्रमा लगिएको छ । अहिले उपचारका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा राखिने समेत कार्यालय प्रमुख कुवरले बताउनु भयो । ‘हामीसँग उद्धार गर्ने जनशक्ति थिएन बाँकेबाट टोली मगाएर २४ घण्टा पछि उद्धार गर्न सफल भएको बताएका छन ।