यी हुन् ७ नम्बर प्रदेशका पर्यटकीय तथा धार्मिक स्थलहरु चिनाउने जोशिला युवा 

६ बर्ष अघि

२0७५ भाद्र १४ बिहीबार

यी हुन् ७ नम्बर प्रदेशका पर्यटकीय तथा धार्मिक स्थलहरु चिनाउने जोशिला युवा 

दृष्टीकोण समाचार, भादौ १४ दार्चुला । दार्चुलाका एक युवकले नेपाल साईकल यात्रा आरम्भ गरेका छन् । दार्चुला जिल्ला मार्मा गाउँपालिका वडा नम्बर ६ शेरीका ईश्वरसिँह महताले आजदेखि नेपाल साईकल यात्रा सुरुवात् गर्नु भएको छ । जीवनमा केही गर्नुपर्छ भन्ने भावना पैदा भई दार्चुलाको मार्मा गाउँपालिका ६ शेरीमा जन्मिनु भएका ईश्वर महताले आज दार्चुला खलंंगा एवं महाकाली नगरपालिका वडा नम्बर ४ बाट साईकल यात्रा सुरुवात् गरेका जिल्ला सदरमुकाम हुन् । देशभरी ७७ ओटै जिल्लाको भ्रमणका लागि साईकल यात्रा सुरुवात् गरेका हुन् ।
७ नम्बर प्रदेश अन्तरगत नौ ओटै जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु देशभरी चिनाउने उद्देश्यका साथ विहीबार दिउँसो जिल्ला सदरमुकाम खलंगाबाट साईकल यात्रा आरम्भ गरेका छन् । ७ नम्बर प्रदेश पर्यटकीय दृष्टिकोणले महत्पूर्ण प्रदेश भएपनि प्रचार प्रसारको अभावमा अन्य प्रदेशको तुलनामा सबैभन्दा पछाडि परेको भन्दै पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले साईकल यात्रा सुरुवात् गरेको ईश्वर सिँह महताले बताए ।
त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट मेची–महाकाली अर्थात् नेपाल साईकल यात्रा सुभारम्भ गरेका छन् । व्यक्तिगत रुपमा महताले साईकल यात्रासाथमा ७ नम्बर प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो सहित यात्रा निकालेका छन् । हालसम्म दार्चुलाका कुनै पनि व्यक्तिले साईकल यात्रा निकालेका छैनन् । नेपाल यात्राका लागि साईकल यात्रा निकाले ईश्वरसिँह महता जिल्लाकै पहिलो व्यक्ति हुन् ।