आगामी निर्वाचनबाट एमालेको सरकार बन्ने एमाले सह इन्चार्ज ठगुन्नाको भनाई

२ बर्ष अघि

२0७८ चैत्र १0 बिहीबार

आगामी निर्वाचनबाट एमालेको सरकार बन्ने एमाले सह इन्चार्ज ठगुन्नाको भनाई

दार्चुला । नेकपा एमालेका पोलिट ब्यरोसदस्य तथा सुदुरपशिचम प्रदेश सह इन्चार्ज दार्चुलाबाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाले अगामी हुने प्रदेश र संघको चुनावबाट देशमा नेकपा एमालेको सरकार बन्ने बताएका छन ।  विहिबार गोकुलेश्वरमा आयोजना गरिएको पहिलो आम सभालाई सम्बोधन गदै नेता ठगुन्नाले अब आउने प्रदेश र संघको चुनाव पछि नेकपा एमालेको सरकार बन्ने बताएका हुन ।
यसका लागि उनले तल देखि माथि सम्म एमाले सरकार चाहिएको पनि बताएका छन । स्थानीय सरकारको चुनावलाई संकेत गदै नेता ठगुन्नाले दार्चुला जिल्लाका कतिपय स्थानीय तहमा यो पाच वर्षमा भष्टाचार भएको पनि बताएका छन ।  भष्टाचार अन्त्य गर्नका लागि अबको ५ वर्ष जिल्लाका २ नगरपालिका तथा ७ वटा गाउँपालिका देखि ६१ वडाहरुमा नेकपा एमालेको सरकार चाहिएको बताएका छन ।
आम सभालाई सम्बोधन गदै उनले शैल्यशिखर नगरपालिकाको ‘बजेट कहाँ गयो भनि प्रश्न समेत गरेका छन । मैले त यो नगरपालिकामा सुरु देखि बजेट दुरुपयोग भइरहेको छ भनेको छु कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरे ।  ’पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसीसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ,’ उनले भने ।  आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लंघन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए । नेकपा एमालेका पोलिट ब्यरोसदस्य तथा सुदुरपशिचम प्रदेश सह इन्चार्ज दार्चुलाबाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाको प्रमुख आर्थित्यतामा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु प्रदेश कमिटि सदस्यहरु लगायत नेकपा एमालेका शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।