दार्चुलामा बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म सातौ कृषि गणना हुने

२ बर्ष अघि

२0७८ चैत्र १0 बिहीबार

दार्चुलामा बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म सातौ कृषि गणना हुने

दार्चुला । दार्चुलामा पनी अगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म सातौ कृषि गणना हुने भएको छ । गणना कार्यका लागी चैत्र १ गते कार्यलय स्थापना भएको र आन्तरिक तयारी भईरहेको जिल्ला कृषि गणना कार्यालय दार्चुला कार्यालय प्रमुख शंकर दत्त भट्टले जानकारी दिनुभएको छ । गणना कार्यका लागी जिल्ला भरि १३ जना सुपरिवेक्षक र ५० जना गणकहरु परिचालन गरिने भट्टले बताए । चैत्र ७ गतेसम्म सुपरिवेक्षक तथा गणकहरुका लागी आवेदन खोलिएको थियो । केन्द्रिय तथ्यांक बिभागले चैत्र १४ गतेसम्म सुपरिवेक्षक तथा गणकहरुको सर्टलिष्ट गर्ने र चैत्र २५ गतेदेखि बैशाख २ गतेसम्म उनीहरुलाई तालिम दिईने कार्यालय प्रमुख भट्टले बताउनु भयो ।

  छनौट भएका गणक तथा सुपरिवेक्षकहरुले ६० दिनसम्म फिल्डमा काम गर्नु पर्नेछ । सरकारले गणकहरुलाई खरिदार स्तरको र सुपरिवेक्षकहरुका लागी नासु स्तरको तलब तोकेको छ । कृषी गणना कार्य छनौट भएको सेम्पलका आधारमा गरिने बताईएको छ । किसानले प्रयोग गरेको जग्गाको उपयोग, उपभोगको प्रकार, बाली लगाएको क्षेत्रफल तथा उत्पादन, सिचाँईको अवस्था र कृषि सामाग्रीहरुको प्रयोग लगायतका कुराहरु गणनामा समावेश गरिने बताईएको छ । यस्तै कृषि वन क्षेत्र, कृषि ऋण तथा बिमा, बजारको पहुँच, बिषादीको प्रयोग र पशुपन्छीको संख्या पनी गणना गरिने छ । केन्द्रिय तथ्यांक बिभागले बिंस. २०१८ सालदेखि कृषि गणना कार्य गर्दै आएको छ ।