माल घटनाका पिटितले पाएन न्याय प्रशासन धाउदैँ पिडित

२ बर्ष अघि

२0७८ चैत्र ९ बुधबार

माल घटनाका  पिटितले पाएन न्याय प्रशासन धाउदैँ पिडित

दार्चुला  । दार्चुला जिल्लाको व्याँस गाँउपालिका वडा नं. २ माल घटनाका पिडितहरुले न्याय पाउन सकेको छैन ।  गत साउन १५ गते महाकाली नदीको मालघाट स्थित तुइनबाट खसेर जयसिंह धामी वेपत्ता भएको घटना अझै न्याय पाउन नसक्दा प्रशासन धाउन थालेका हुन । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान ग–यो, तर दोषी माथि कारवाही अझै भएन । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा निकालेर  धामीलाई महाकालीमा खसालेको प्रत्यक्षदर्शीको भनाई छ । तर, अहिलेसम्म सत्यतथ्य बाहिर नल्याएको भन्दै धामीकी पत्नी राजन्ती धामी बुधवार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगी ज्ञापन पत्र दिएका छन । ‘सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको दायरामा ल्याउन भनि  प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई आग्रह समेत गरेका छन ।  घरमा वृद्ध आमाबुवा, श्रीमती र दुई नाबालग छोराछोरी छन । धामी कि  पत्नी राजन्ती भन्छिन, ‘मलाई पनि रोजगारी लगाइदिने प्रलोभन दिइयो, तर ती कुनै कुरा व्यवहारमा लागू नहुँदा पीडा झनै बढेको छ ।’ उनी घटनाको सत्यतथ्य पत्ता लगाएर जसको गल्ती हो उसलाई सजाय दिइयोस भनि ज्ञापन पत्रमा भनिएको छ । आफूहरूले आर्थिक क्षतिपूर्ति स्वरूप सुरुवातमा सरकारबाट १० लाख रुपैया पाएको र त्यो रिन तिर्दैमा सक्किएको राजन्तीले बताइन । स्थानीय सरकारहरुले पनि सहयोगको घोषणा गरेको तर हालसम्म केही नगरेको उनको गुनासो छ । विदेश जान भनेर हिँडेका जयसिंह धामीको  पत्तो छैन । उनी फर्किने टुंगो नभए पनि न्याय चाहिँ पाउनु पर्ने पत्नी राजन्तीको भनाई छ ।