नेकपा एमाले चुनावी आमसभाको तयारीमा जुट्दै

२ बर्ष अघि

२0७८ चैत्र ९ बुधबार

नेकपा एमाले चुनावी आमसभाको तयारीमा जुट्दै

दार्चुला । नेकपा एमालेको जिल्ला कमिटि निर्णय अनुसार पालिका कमिटिहरु वृहत चुनावी आमसभाका लागि तयारी जुटेका छन् । चैत्र १० गतेबाट सुरु हुने पालिका स्तरिय चुनावी आमसभाका लागि पालिका कमिटिहरु तयारी जुटेका हुन् ।  जिल्लामा रहेका ९ ओटै स्थानिय तहमा नेकपा एमाले पोलीटव्युरो सदस्य एवं सुदुरपश्यिम प्रदेश सहइन्चार्ज तथा पुर्व मन्त्री गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्यतामा वृहत चुनावी आमसभा गरिने नेकपा एमाले जिल्ला कमिटि प्रचार तथा प्रकाशन विभाग प्रमुख खडकसिह बडालले जानकारी दिनुभएको छ । चैत १० गते शैल्यशिखर नगरपालिका बाट सुरु गरिने वृहत चुनावी आमसभा चैत १९ गते लेकम गाउँपालिकामा गरिने नेकपा एमाले जिल्ला कमिटि प्रचार तथा प्रकाशन विभाग प्रमुख बडालले बताउनु भएको छ ।  नेकपा एमाले पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम प्रदेश कमिटि सहइन्र्चाज ठगुन्नाको प्रमुख आतिथ्यतामा चैत ११ गते मार्मा गाउँपालिकाको लटिनाथमा,चैत १३ गते अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा र चैत १४ नौगाड गाउँपालिकाको होपरीगाडमा वृहत आमसभा गरिने जनाएको छ ।  त्यसैगरि चैत १५ गते दुहुँ गाउँपालिकाको धारीमा,चैत १६ गते व्यास गाउँपालिकाको सुन्सेरामा, चैत १७ गते महाकाली नगरपालिकाको खलंगामा,चैत १८ गते मालिकार्जुन गाउँपालिकाको शंकरपुरमा र चैत १९ गते लेकम गाउँपालिकाको रातामाटामा वृहत चुनावी आमसभा गर्ने तयारी भइरहेको नेकपा एमाले जिल्ला कमिटि सचिव शेरसिह धामीले बताउनु भएको छ ।  पालिका स्तरिय वृहत चुनावी आमसभाको लागि सम्बन्धीत पालिका कमिटि प्रचार प्रसार तथा तयारीमा जुटेको नेकपा एमाले जिल्ला कमिटि सचिव धामीले बताउनु भएको छ ।  चैत १० गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा हुने वृहत चुनावी आमसभाका लागि विभिन्न तयारीमा जुटेको नेकपा एमाले शैल्यशिखर नगरकमिटि अध्यक्ष रणबहादुर खत्रीले जानकारी दिनुभएको छ ।