दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा

२ बर्ष अघि

२0७८ चैत्र ९ बुधबार

दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा

दार्चुला । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक डीएसपीहरूको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको हो ।  योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ। जसमा दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टको पनि सरुवा भएको छ । २०७७ फागुन देखि दार्चुलाको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका भट्टको झण्डै १४ महिनामा जिल्ला प्रहरी कार्यालय बाकेमा काज सरुवा भएको छ ।

दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा भएसंगै उहाँको ठाउँमा २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, धनुषा बाट डीएसपी प्रतिक विष्ट दार्चुला आउन लागेका छन् । विष्ट प्रदेश नम्बर २ प्रहरी तालिम केन्द्र, धनुषामा कार्यरत थिए। उहाँ हालै कैलालीबाट सरुवा भएर त्यहाँ गएका थिए।