केन्द्रमा सरकार सञ्चालन गर्न पनि स्थानीय तहमा बहुमत चाहिन्छ अध्यक्ष ओली

२ बर्ष अघि

२0७८ चैत्र ९ बुधबार

केन्द्रमा सरकार सञ्चालन गर्न पनि स्थानीय तहमा बहुमत चाहिन्छ  अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउने भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । उनले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन दिएका हुन् ।

‘केन्द्रमा बहुमतको सरकार बनेपछि पनि आखिर विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घरदैलोमा पुर्‍याउने त स्थानीय तहहरू हुन्,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा हामीले महत्वपूर्ण ठाउँहरूमा र आम रूपमा बहुमतसाथको विजय हासिल गर्न सकेनौं भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ । त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ ।’