प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले राखे घाइते र अपांगता भएका व्यक्तिको लागि ५ बुदा

२ बर्ष अघि

२0७८ चैत्र ९ बुधबार

प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले राखे घाइते र अपांगता भएका व्यक्तिको लागि ५ बुदा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका तर्फबाट सशस्त्र युद्धका क्रममा घाइते भई अपांगता भएकाहरूलाई सरकारकार्फबाट सहयोग तथा सम्मान गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भेटवार्ताका क्रममा प्रचण्डले प्रधानमन्त्री पाँच बुँदे ध्यानाकर्षण गर्राका हुन् ।

यस्ता छन् प्रचण्डका पाँच बुँदे ध्यानाकर्षण

सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने,
सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने आदि ।