चीनियाँ नाकाबन्दीको अनेक प्रभाव, तातोपानीमा नुहाउने पर्यटक घटेर अर्थतंत्रमा नोक्सानी

२ बर्ष अघि

२0७८ चैत्र ९ बुधबार

चीनियाँ नाकाबन्दीको अनेक प्रभाव, तातोपानीमा नुहाउने पर्यटक घटेर अर्थतंत्रमा नोक्सानी

काठमाडौ । आफुलाई नेपालको एक सबभन्दा घनिष्ठ मित्रको रुपमा चित्रण गर्ने गरेको चीनले समय परेपछि कसरी मुख फेर्ने गरेको कुरो नेपालीले बुझ्न जरुरी छ । नाकाबंदी गरेर अतिआवश्यक वस्तुको आपुर्तिमा समस्या खड़ा गरेको चीनले सांस्कृतिक महत्वका कुरालाई पनि नछोडेको जन गुनासो छ ।


धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारा अहिले प्रायः सुनसान छ। केही वर्ष अघिसम्म वर्षभरी नै पर्यटकहरुको आउजाउ चलिरहने यस ठाउँमा कोरोना संक्रमण सुरु भएपछि पर्यटकको आवत–जावत  लगभग रोकिएकै छ।

कोरोना संक्रमण सुरु हुनुपुर्व विशेषगरी कार्तिक महिनामा यहाँ ठुलो मेला लाग्ने गर्थ्यो। ब्राह्रै मास तातोपानी आउने भएका कारण यहाँ स्नान गरेमा रोगव्याधीबाट छुटकारा पाइने धार्मिक जनविश्वास पनि रहेको छ । त्यसमा पनि छालासम्वन्धि रोग निको भएको बताउँनेहरुको संख्या थुप्रो छ। तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक महत्व वढेसँगै बाथरोगीको हितलाई ध्यानमा राखी यहाँ स्वीमिङपुल, पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामूहिक रुपमा नुहाउन सर्वसाधारणलाई सात धाराको व्यवस्था मिलाईएको छ। जसका लाभ लिनकालागि घुंईचो लाग्ने गर्दछ ।


जिल्ला सदरमुकामबाट १४ कोष दुरीमा पर्ने भोटेकोशी गाउँपालिकामा पर्छ, तातोपानी धारा। यसको पूर्व तथा उत्तरमा तिब्बत पर्दछ भने पश्चिममा गुम्बा र दक्षिणमा लिस्तीकोट र फुल्पिङकट्टी भन्ने ठाउँहरु छन। धारामा प्राकृतिक रूपमै तातोपानी आउने भएको कारणले उक्त ठाउँको नाम तातोपानी रहन गएको हो । 

तातोपानी धाराको धार्मीक महत्व
धार्मीक दृष्टिकोणले पनि यस स्थानको महत्व धेरै छ। त्रेतायुगमा श्रृंगी ऋषि मानसरोवर जाने क्रममा त्रिशुलले पहरा खोपेर तातोपानी निकाली स्नान गरेका थिए भन्ने मान्यता रहेको छ। भगवान रामको जन्म भएको खबर पाएपछि चैत शुक्ल तृतीयाका दिन उनी बाटो भएर अयोध्या फर्केको र पहरा फोरेर पानी निकाली स्नान गरेको हिमवत खण्डमा उल्लेख छ । सोही कारण प्रत्येक कात्तिक र चैत महिना भरी स्वदेशी तथा बिदेशी भक्तजनहरु स्नानको लागि त्यहाँ पुग्ने गरेको र महिनाभरी मेला लाग्ने गरेको बताईएको छ।

तातोपानी धाराको वैज्ञानिक महत्व
जानकारहरुका अनुसार तातोपानीमा नुहाउँदा छाला तथा रक्त संचार सम्वन्धि समस्या निको हुनुको साथै तनाव कम हुने, निन्द्राको समस्या हराउँने, शरीरको दुखाई कम हुने गरेको छ। वैज्ञानिक दृष्टिकोणले पनि तातोपानीको विशेष महत्व रहेको देखिन्छ।

रक्त संचारमा वढावा– प्राकृतिक रुपमै निस्कने तातोपानीमा क्याल्सियम र सोडियम बाईकार्वोनेटसहितका विभिन्न खनिज पदार्थहरु हुन्छन्। जव तातोपानीमा नुहाइन्छ, तव शरीरले यी खनिजहरुलाई ग्रहण गर्छ। जसले शरीरमा परिसंरचना र समग्र अक्सिजन प्रवाह वढाउने अध्ययनबाट पत्ता लागेको छ। 

तनाव कम र निन्द्रा वढाउँछ– प्राकृतिक तातोपानीमा खनिज पदार्थको मिश्रण हुँदा मांसपेसीलाई आराम गर्छ। यसैगरी स्नायुमा तनाव कम गर्न पनि यसले मद्दत गर्छ। तातोपानीमा नुहाउने क्रममा शरीरका तापक्रम वढ्दै जान्छ र वाहिर निस्कँदा आराम गर्न र गहिरो निन्द्रा पर्न मद्दत गर्छ।

दुखाई कम गर्छ– रुमेटोलोजी इन्टरनेशनल जर्नलमा प्रकाशित एउटा इजरायली अध्ययनका अनुसार खनिज पदार्थसहितको तातोपानीको स्नानले पीडाबाट राहत पाउन र थकानलाई न्यूनिकरण गर्न सहयोग गर्छ। तातोले शरीरका दुखी रिसेस्टर्सलाई अवरुद्ध गरेर पीडाको वारेमा मानिसको धारणा सुस्त वनाउँने उक्त अध्ययनले देखाएको छ।

छालाको समस्याहरु निको पार्छ– तातोपानीमा पाईने उच्च सिलिका सामग्रीले सुख्खा र रुखो छालालाई नरम गर्न मद्दत गर्छ। पानीमा रहेको सर्फरले औषधिय गुणहरु पनि लिन सक्छ। जसले गर्दा एक्जिमा र सोरायसी जस्ता अवस्थाबाट छुटकारा दिन सक्छ।

तातोपानीको वहुउपयोगी गुणको वारेमा जानकारहरुले यहाँ नुहाउँदा छाला तथा रक्त संचार सम्वन्धि समस्या निको हुनुको साथै तनाव कम हुने, निन्द्राको समस्या हराउँने, शरीरको दुखाई कम हुने गरेको वताएका छन् प्राकृतिक रुपमै आउने तातोपानिमा नुहाउँदा शरिरलाई फाइदा पुग्ने उनीहरुको भनाई छ।

तातोपानीमा नुहाउन पुगेका एक पर्यटकका अनुसार यहाँ नुहाउँदा शरिरमा एक प्रकारको शक्ति प्रवाह भएको महसुस हुन्छ। उनले यो क्षेत्रलाई तीनै तहका सरकार मिलेर विकास तथा  प्रवर्दन गर्नु पर्ने बताएका हुन।

०७२ सालको भुकम्प तथा चीनको अघोषित नाकाबन्दी पुर्व यस क्षेत्रमा लाखौं पर्यटक आउने गर्थे। तर, भुकम्प र कोरोनाको वहानामा चीनले अवरोध गर्न थालेपछि पर्यटकको सख्यामा उल्लेख्य कमी आएको हो । तर, तातोपानी क्षेत्रका संरचनामा भने कुनै कमी आउन दिईएको छैन।

देशको अर्थतंत्र खस्किरहेको वेला पर्यटन क्षेत्रलाई अवरुद्ध गरेर चीनले देशको नोक्सानी हुने काम गरेको स्थानीयहरु बताउछन ।