अष्ट्रेलियामा पाकिस्तानी मूलका विद्यार्थीको हत्या

२ बर्ष अघि

२0७८ चैत्र ८ मंगलवार

अष्ट्रेलियामा पाकिस्तानी मूलका विद्यार्थीको हत्या

काठमाडौं ।  अष्ट्रेलियामा पाकिस्तानी मूलका एकजना विद्यार्थीको हत्या भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहरमा उनको हत्या भएको हो । उनलाई दुई अज्ञात व्यक्तिले पटक–पटक छुरा धसेको बताइएको छ । उनी राइड शेयरिङ सवारी चालकको रुपमा समेत पार्ट टाइम काम गर्दै आएका थिए । मलबर्नस्थित पाकिस्तानी नियोगले हत्या भएका व्यक्तिको नाम हसन अहमद रहेको जनाएको छ । छुरा धसेपछि उनलाई अस्पताल लगिएको र अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको दुबईबाट प्रकाशित हुने खलिज टाइम्सले जनाएको छ । हत्याराहरुको खोजी भइरहेको र हत्याबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । मेलबर्नको पाकिस्तानी नियोगले हत्या भएका व्यक्तिका परिवारको सम्पर्कमा रहेको र आवश्यक सहयोग तथा जानकारी उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।