मार्मामा उत्पादन गरिएको साबुन लाई बजारीकरण गर्नमा जोड

२ बर्ष अघि

२0७८ चैत्र ८ मंगलवार

मार्मामा उत्पादन गरिएको साबुन लाई बजारीकरण गर्नमा  जोड

दार्चुला । दार्चुला जिल्लाको मार्मा गाँउपालिकामा उत्पादन गरिएको कपडा धुने र नुहाउने सबुनको बजारी करणका लागि सबैले जोड दिनु आवश्यक रहेको  छ । मंगलबार शिवलिङ बचत तथा ऋण सहकारी संस्थाको आयोजना गरिएको अन्तरकृया कार्यक्रमका सहभागिले उक्त कुरामा जोड दिएका हुन । मार्मा क्षेत्रमा उत्पादित च्युरीबाट निर्माण गरिएका साबुनहरुलाई बजारी करण गराउने उदेश्यका साँथ ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सरोकारवाल निकायका पदाधिकारी संग अन्तरकृया कार्यक्रम गरेका छन । 
जिल्ला स्तरीय चियुरी मुल्य श्रृखलाका बारेमा दार्चुला जिल्लाका सरोकारवालहरु सित अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला सल्लाहकार लवराज पन्तले मार्मा क्षेत्रको च्युरीबाट साबुन उत्पादन गरिएको छ र यसलाई बजारीकरणमा मार्मा सर्वल साबुनका नामबाट सबै ग्राहाकलाई उपलब्ध गराउनमा सबैले सहयोग गर्नु आवश्यक रहेको बताउनु भयो । 
दार्चुला जिल्लाको मार्मा क्षेत्रमा उत्पादन गरिएको साबुनको दिगो पनाका लागि मार्मा गाँउपालिकाले अन्तीम गाँउसभाबाट निती तयार परि काम गर्ने र सहकारीको माध्यमबाट मार्माको हर्वल साबुनलाई देशभरी नै विकृ गर्ने हिरावल अगाडि बढेको गाँउपालिका अध्यक्ष जमन सिह धामीले बताउनु भयो । 
च्युरीको बजारीकरण र च्युरीबाट उत्पादित साबुनलाई विकृका लागि सबै सरोकारवालहरुको भुमिका उत्तिकै रहेको तथा  अवका दिनमा च्युरीको उत्पादनमा पनि जोड दिनु आवश्यक रहेको जिल्ला समन्वय समितिका उप प्रमुख कृष्ण  सिह धामीले बताउनु भयो । 

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना मार्मा गाँउपालिकाको आर्थिक सहयोग तथा शिवालिगं बचत तथा ऋण सहकारी संस्थाको पहलमा स्थानीय स्थरमा पाईने कच्चा पदार्थ च्युरीबाट नुहाउने साबुन, कपडा धुने साबुन, फिनाईल लगायतका बस्तुहरु उत्पादन गरि बजारमा ल्याएको छ । 
अवका दिनमा विभिन्न उत्पादनहरु उत्पादन गरि बजारमा ल्याउने तयारी गरिएको सरोकारवालहरु भनाई छ ।