दार्चुलामा म्यादी प्रहरीका लागि आवेदन दिनेको भिड ७ सय जना जवान छनोट गरिने

२ बर्ष अघि

२0७८ चैत्र ७ सोमबार

दार्चुलामा म्यादी प्रहरीका लागि आवेदन दिनेको भिड ७ सय जना जवान छनोट गरिने

दार्चुला । दार्चुलामा म्यादी प्रहरीका लागि आवेदन दिनेको भिड बढेको छ । आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ । सोही अन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलामा म्यादी प्रहरीका लागि आवेदन खुला गरिए पछि युवायुवतीको आकर्षण बढेको हो । आवेदन खुलेको पहिलो दिन विहानै देखि युवायुवतीको जिल्ला प्रहरी कार्यालय दार्चुलामा पुगेको थिए । भने एक दिनमा करिव २ सय ५० देखि ३ सय जना भन्दा बढिले आवेदन भरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिनु भयो । प्रहरीको आवेदन २०७८ चैत ६ गते देखि १२ गते सम्म लिइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिनेको आक्रर्षण बढेको देखिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने भएकाले नेपाल प्रहरीको अनुसाशन र प्रहरी विभागको अनुभव लिनका लागि पनि उमेर नागेकाहरुले पनि म्यादि प्रहरीमा आबेदन दिनेको संख्या बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबम सूचना अधिकारी  माधव विश्वकर्माको भनाई छ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी भएको सूचना अधिकारी  विश्वकर्माले जानकारी दिएका छन । दार्चुला जिल्लाका ९ वटा स्थानीय तहका लागि ७ सय जना म्यादी प्रहरी छनोट गरिने भएका छन ।