चीनमा १३३ जना सवार विमान दुर्घटनाग्रस्त

२ बर्ष अघि

२0७८ चैत्र ७ सोमबार

चीनमा १३३ जना सवार विमान दुर्घटनाग्रस्त

काठमाडौं । चीनमा १३३ जना सवार विमान दुर्घटनामा परेको छ । दक्षिणी चीनको गुआङ्शी प्रान्तको पहाडी इलाकामा विमान दुर्घटनामा परेको बताइएको छ । चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान युनान प्रान्तको कुन्मिङ शहरबाट गुआङडोङ प्रान्तको ग्वाङजाउ शहरतर्फ उडिरहेका बेला दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा आगलागी समेत भएको चीनको सरकार नियन्त्रित सीसीटिभी च्यानलले जनाएको छ । उद्धारकर्ताहरु दुर्घटनास्थल पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि दुर्घटनामा भएको मानवीय क्षतिबारे केही विवरण सार्वजनिक भइसकेको छैन ।