एक महिनामा ५२ लाख राजश्व संकलन, यस्तोछ बिवरण

६ बर्ष अघि

२0७५ भाद्र १३ बुधबार

एक महिनामा ५२ लाख राजश्व संकलन, यस्तोछ बिवरण

सुलोचना महता दृष्टिकोण समाचार भाद्र १३ दार्चुला 
अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाले चालु आर्थिक वर्षको  एक महिनामा ५२ लाख १ हजार ३ सय ३३ रुपैँया राजश्व संकलन गरेको छ । 
श्रावन महिनामा यार्सागुम्बामा संकलन अनुमति नदिएतापनि निकासी अनुमति प्रत्र वितरण बाट प्रति किलोगा्रम रु २५ हजारका दरले ५० लाख १० हजार ८ सय रुपैँया राजश्व संकलन गरेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाले जनाएको छ ।
हिमाली जिल्लाको रुपमा चिनिने दार्चुलामा यार्सागुम्बा मात्र नभएर अन्य थुपैँ जडिबुटी पाइन्छन् ।  यसैगरी सतुवाबााट रु २० रुपैँयाका दरले २९ हजार ३ सय ४० रुपैँया राजश्व संकलन भएको छ । वनलसुनबाट प्रति किलोगा्रम १५ रुपैँयाका दरले २२ हजार ७ सय २५ रुपैँया , सेतक चिनी बाट रु १५ हजार , कटुकि ४५ हजार , साधारण च्याँउबाट १ हजार २ सय ५० रुपयाँ  र विषजारबाट ३ हजार राजश्व संकलन गरिएको  अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाका निम्ति संरक्षण अधिकृत पशुपति अधिकारीले बताउनु भयो । 
 त्यस्तौ जडिबुडिबाट मात्र नभई अन्य वस्पति तथा प्राकृर्तिक सम्पदाहरुबाट पनि राजश्व संकलन गरिएको छ । जस्मा गोव्रेसल्लाबाट रु १६ हजार ५ सय ६४ , टिमुरबाट १६ सय र स्लेट तथा ढुङ्गाबाट ६ सय रुपैया संकलन गरिएको अधिकारीले बताए ।  
दार्चुला जिल्लामा रहेका विभिन्न प्रकृतिक सम्पदा र जडिबुडिहरुबाट निकै मात्रामा राजस्व संकलन भईएकाले भावि दिनमा पनि यस्ता सम्पदाहरुको संरक्षण गरि दिगो रुपमा सञ्चालन गर्नु आवश्यक रहेको निम्ति प्रमुख संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिनुभएको छ ।