चिनको अघोषित नाकाबन्दि र रणनीतिक खेल

२ बर्ष अघि

२0७८ चैत्र ७ सोमबार

चिनको अघोषित नाकाबन्दि र रणनीतिक खेल

काठमाडौ । नेपालको एक असल छिमेकी र सहयोगी मुलुक भनेर आफुलाइ चिनाउन खोजिरहेको उत्तरी छिमेकी मुलुक चिनले नेपालमा अघोषित नाकाबन्दी गरेको दुई वर्ष बितेको छ।

२०७६ फागुन अन्तिम साता बाट एक तर्फि रुपमा चिनले नेपाल माथी अघोषित नाकाबन्दी गरेको थियो।तातोपानी र केरुङ नाकामा चिनियाँ पक्षबाट गरियको अबरोध अहिले सम्म जारी नै छ।चिनले तातोपानी र रसुवागढी नाका बाट एकतर्फी रुपमा ब्यापार गर्दै आइरहेको छ।

चिनबाट आयात गरियका निस्चित कन्टेनर हरु मात्र नेपाल प्रबेस गर्न दिएको छ भने नेपाल बाट निर्यात हुने सामानमा पुर्ण रोक लगाएको छ।नाका खुलाउन नेपाल सरकार तथा व्यावसायि हरुले पटक पटक आग्रह गर्दा पनि चिनले कुनै चासो देखाएको छैन।

कोरोना महामारी नियन्त्रण गर्ने बाहानामा यी दुई नाका हुँदै नेपाली सामानको प्रवेश मा रोक लगाएको छ।चिनबाट आयात हुने सामानमा कोरोना नसर्ने ,नेपालबाट निर्यात हुने सामानमा कोरोना सर्ने जस्तो कुतर्क गर्दै विगत दुई बर्ष देखि नेपालमाथी चिनले अघोषित नाकाबन्दी गरेको छ।चीन सङको नाका खुलाउने बिसयमा नेपालले धेरै अनुरोध गर्दा पनि कुनै चासो नदिएको, चिनले उल्टै विभिन्न वाहाना बनाइ नेपाली व्यावसायि हरुलाइ दुख दिइरहेको छ।

चिनको यश किसिमको नाकाको अबरोध बाट नेपाली व्यावसायिको करोडौं रुपैया डुबेको छ भने नेपालले पनि राजस्व संकलनमा ठूलो नोक्सानी ब्यहोर्नु परिरहेको छ।२०७६ को पुस महिनामा चिनको बुहानमा कोरोना भाइरस देखा परेपछि नेपाल सरकारले २०७६ माघ १५ गते बाट तातोपानी र रसुवागढी नाकाबाट चिनिया पर्यटक लाई नेपाल प्रबेसमा रोक लगाएको थियो।चीन सरकारले चिनियाँ पर्यटकलाई नेपाल प्रबेसमा रोक नलगाउन त्यस बेला दबाब दियको थियो।

तातोपानी र रसुवागढी नाका दुई तर्फ खुलाउन परराष्ट मन्त्रालय ,बेइजिङ स्थित नेपाली दूतावास र ल्हासा स्थित नेपाली महाबाणिज्य दूतावासले आग्रह गर्दै आइ रहेका छन तर नेपालको आग्रह लाई चिनले समाधान गर्ने गरि कुनै चासो दियको छैन ।चिनले अघोषित नाकाबन्दी गरेर नेपाल सङ चीन खुसी छैन भन्ने कुटनैतिक सन्देस दिइरहेको छ।यो नेपाल माथी हस्तक्षेप गर्ने र आफू अनुकुल बनाउने चिनको रणनीतिक खेल हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ।

उत्तरि हिमाली क्षेत्रमा भैरहेको सिमा अतिक्रमण ,चिनमा अध्यन गरिरहेका बिद्यार्थि हरुलाइ पुन चीन प्रबेसमा रोक ,बि। आर।आइ अन्तर्गतको खर्बौ डलरको ऋण भारलाइ सूक्ष्म तरिकाले अध्यन गर्ने हो भने चीन नेपाल प्रती उदार मनले प्रस्तुत भैरहेको छैन भन्ने स्पष्ट रुपमा बुझिन्छ ।उस्ले नेपाल मा आफू अनुकुल बाताबरण बनाउन कुटनैतिक दबाब युक्त सन्देश बाट आफ्नो रणनीतिक खेल लाई लाद्ने प्रयास गरिरहेको छ।