जनता संग सभामुख कार्यक्रम दार्चुलामा

२ बर्ष अघि

२0७८ चैत्र ६ आईतवार

जनता संग सभामुख कार्यक्रम दार्चुलामा

दार्चुला ।  सुदुरश्चिम प्रदेश सरकारकाको आयोजनामा जनता संग सभामुख कार्यक्रमको आयोजना गरिएको छ ।  प्रदेश सभाको संरचना निर्माण भएपछि पहाडि जिल्लाको दार्चुृलामा पहिलो पटक जनता संग सभामुख कार्यक्रम अन्तरगत विद्यार्थिहरु संग अन्तरकृया कार्यक्रम गरिएको  हो । तीन तहको सरकार निर्माण भएपछि प्रदेश सरकारको भुमिका र निर्माण गरिएका निति तथा कानुनका बारेमा  जानकारी गराउने उदेश्यले दार्चुलमा कार्यक्रमको आयोजना गरिएको सुदुरपश्चि प्रदेशका सभामुख अर्जुन बहादुर थापाले बताउन ुभयो । हरेक नागरिकले प्रदेश सकारले निर्माण गरिरहेको कानुन तथा नितिहरुको बारेमा जानकारी गराउनु भनेर प्रदेश सरकारको भुमिका र अवश्यकतालाई उजागर गराउन अन्तरकृया कार्यक्रम गरिएको  सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले बताउनु भयो। सरकारले गरिरहेको संसदिय प्रणलि र सुदुरश्चिमका नागरिकले खेल्नु पर्ने भुमिकाका बारेमा दार्चुृला जिल्लामा पुगि नागरिकहरुलाई जानकारी गराउनु सराहनिय काम भएकाले अवका दिनमा पनि प्रदेश सरकारले यस्ता कार्यक्रमहरु गाँउ सम्म पुगाउनु आवश्यक रहेको   दार्चुला बहुमुखि क्याम्पसका प्रमुख कृष्ण सिह साँउदको भनाई छ ।  आईतबार दार्चुला सदरमुकाममा क्याम्पस स्तरका विद्यार्थिहरुको सहभागिता गराएर जनता  संग सभामुख कार्यक्रम गरिएकाले हरेक नागरिकमा सचेतना जाने स्थानीयको भनाई छ ।  उक्त कार्यक्रममा सुदुरपश्चिम सरकारका सभामुख, उपसभामुख तथा सांसदहरुको सहभागिता रहेको थियो ।