एमालेको जवाफ दिन प्रधानमन्त्रीलाई फुर्सद छैन वहाँ जनताको लागि पर्ने हो

२ बर्ष अघि

२0७८ चैत्र ६ आईतवार

एमालेको जवाफ दिन प्रधानमन्त्रीलाई फुर्सद छैन वहाँ जनताको लागि पर्ने हो

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीका हलुका टिप्पणीको जवाफ दिने फुर्सद नभएको बताएका छन् । ओलीले शनिबारमात्रै काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसको कडा आलोचना गरेका थिए ।

ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै महामन्त्री शर्माले एमाले र कम्युनिस्ट पार्टीहरूको कडा आलोचना गरेका छन् । ‘ओलीका हलुका उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई छैन,’ शर्माले अघि भने, ‘आवश्यक परे हामीले दिने हो ।’

उनले बोलीको ठेगान नभएका नेपाली कम्युनिस्टलाई कार्लमार्क्स र लेनिनले नै भोट नहाल्ने टिप्पणी गरे । ‘नेपाली कम्युनिस्टहरूको बोलीको ठेगान छैन । यदि कार्लमार्क्स र लेलिनले नै भोट हाल्न पाउँथे भने पनि बोलीको ठेगान नभएका कम्युनिस्टलाई भन्दा कांग्रेसलाई भोट हाल्थे,’ शर्माले भने ।