चिनियाँ नाकावन्दी एक गम्भीर समस्या, सरकारले समाधानका लागि पहल जारी राखेको परराष्ट्रमंत्रीको भनाई

२ बर्ष अघि

२0७८ चैत्र ६ आईतवार

चिनियाँ नाकावन्दी एक गम्भीर समस्या, सरकारले समाधानका लागि पहल जारी राखेको परराष्ट्रमंत्रीको भनाई

काठमाडौ । भारत संगको परनिर्भरतालाई चीनको सहयोग र प्रभावमा कम गर्ने नीति का साथ चीनसंग व्यापार बढाउने गरि सरकारले प्रयास थालेको पनि कैयौं बर्ष भैसकेको छ । मधेस आन्दोलनका वेला कथित रुपमा भारतले मधेसी समुदायलाई बढि प्राथमिकता दिएको भनि झोंकमा चीन हाम्रो भारतको भन्दा असल मित्र रहेको सावित गर्न लागिपरेको सरकार अहिले अप्ठेरोमा परेको देखिन्छ ।

विश्वबजारमा एकछत्र राज गरिरहेको छिमेकी संग यतिको आश त गर्न नै सकिन्छ । चीनले पनि नेपाललाई आफ्नो हस्तक्षेपका दायरामा ल्याउन बेलाबखतको कसरतलाई पूर्णता दिने अवसरको रुपमा ललीपप बांड्न कहिल्यै पछि परेनन् । तर चीनीयाँ सरकारको स्वार्थी चरित्र तब मात्र उदांगो भयो जब कथित कोरोना कालको नाममा चीनीया नाकाहरु ठप्प भयो ।

भारतसंगको खुल्ला सीमानाको जस्तो त कहाँ सजिलो हुन्छ र चीनसंगको व्यापारिक सम्बन्ध । मानवता माथीको विश्वास गुमाउने अभ्यासमा चीनले नेपालको पीड़ा रतिभर पनि बुझ्न सकेनन् । परिणाम स्वरुप चीनको मनसाय नितांत व्यापारिक र स्वार्थपूर्ण रहेको कुरा प्रष्ट भएर गयो ।

मन्त्री खड्काले उत्तरी नाकालाई पुनः सुरु गराउने विषयमा सरकारले धेरै पहल गरिसकेको पनि स्वीकार गरेका हुन । मन्त्रालयमै सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग एक घण्टा लामो छलफलमा पनि यो कुरा माग गरेका थियौं । साथसाथै महामहिम राजदूतसँग भेटेर चीनबाट आएको प्रतिनिधिमण्डलसँग पनि हामीले यो कुरा उठाएका छौं।’

चीनले कोभिडको कारण नाकामा समस्या भएको वताउने गरेको मन्त्री खड्काले वताए । ‘आर्थिक रुपमा हामीलाई आप्ठ्यारो परिरहेको छ । हामीले खर्बौंको आयात गरेका छौं’ उनले भने–‘निर्यात करिब करिब ठप्प छ । नाका खोल्ने विषयमा उच्च प्राथमिकतामा छ र हाम्रो चीनसँग सुमधुर सम्बन्ध छ । यसमा अन्य कुनै कारण छैन ।’ कुटनितिक रुपमा स्पष्ट वोल्न डराईरहेको सरकारले अझै आश मारिसकेको छैन ।

कोभिड संक्रमण क्रमिक रुपमा कम हुँदै गएकाले नेपालको अनुरोधलाई चीनले सम्वोधन गर्ने कुरामा आफु आशावादी भएको मन्त्री खड्काले वताए । चीनले कोरोनाको बहानामा लगातार रसुवा र तातोपानी नाकामा अवरोध गर्दै आएको प्रष्ट भैसकेको छ।

नेपालमा अमेरिकी  अनुदान सहयोग एमसीसीलाई रोक्न दवाव दिने उदेश्यले चीनले अघोषित रुपमा नाकावन्दी गरेको ब्यवासायीहरुले वताउने गरेका थिए । एमसीसी पारित भएपछि झन बिच्केको चीनले नाकाबंदी खुल्ला गर्नेमा आशंका व्याप्त छ ।
चीनको नाकाबन्दीका कारण नेपालको ब्यापार ब्यवसाय मात्र प्रभावित  छैन,  हजारौं मजदुर, ढुवानी ब्यवसायी समेत तनावमा देखिन्छन । चीनियाँ नाकावन्दीको प्रभाव नागरिकको सम्वन्धमा समेत परिरहेको छ। चीनले दुई देशमा रहेका आफन्तहरुको भेटघाटमा पनि अवरोध सृजना गरेको सीमा क्षेत्रका नेपालीहरुले गुनासो गर्दै आएका छन् ।