निर्मला पन्तको बलत्कार पछि हत्याको विरोध दार्चुलामा पनि शान्ती पुर्ण अान्दाेलन

६ बर्ष अघि

२0७५ भाद्र १३ बुधबार

निर्मला पन्तको बलत्कार पछि हत्याको विरोध दार्चुलामा पनि शान्ती पुर्ण अान्दाेलन

ललित सिह सामन्त ,दृष्टिकोण समाचार भाद्र १३ दार्चुला 
निर्मला पन्तको बलत्कार पछि हत्या भएको आज एक महिना ३ दिन भईसक्दा पनि कुनै निकाश आउन सकेको छैन ।
बुधबार दार्चुला  सदमुकाम क्षेत्रमा रहेको प्यापसन दार्चुला र दार्चुला युथ ग्रुपले शान्तीपूर्ण आन्दोलन गरि बजारमा प्रर्दशन गरेका छन् । निर्मला पन्तलाई न्याय दे, बलत्कारीलाई कारबाही गर, प्रहरी प्रशासनको दमन बन्द गर महिला हिसां बन्द गर भन्ने नाराका साँथ दार्चुलामा  रहेका निजि तथा सरकारी विद्यालयहरुको सहभागीतामा  शान्तीर्पूृर्ण आन्दोलन गरि सदरमुकाम स्थित खुलामञ्चमा कोणसभामा परिणत भएको थियो  ।


दिन दिनै महिला हिंसाका घटनाहरु वढिरहेकाले सत्य तथ्य घटनाको छानविन गरि दोसिलाई कारवाहिको माग गर्दै शान्तीपुर्ण आन्दोलन गरिएको प्यापसन दार्चुलाका उपाध्यक्ष केशव जोशीले बताउनु भयो ।
दार्चुला प्याप्सनका अध्यक्ष प्रवेश प्रताप ऐतवालको अध्यक्षतामा सञ्चालन गरिएको  भएको कार्यक्रममा विभिन्न विद्यालयबाट शिक्षक विद्यार्थीहरु प्याप्सन दार्चुलाका पदाधिकारी तथा दार्चुला युथ गु्रपले संयुोत्तः रुपमा आन्दोलन गरेका हुन । देशभरी विभिन्न किसिमका महिला हिंसाका घटनाहरु बढिरहेकाले अवको निकासका बारेमा सरकारले केही न केहि सोच्नु परेकाले हरेक क्षेत्रको हिंसा क मगर्न सबै नगरिकले अग्रसर्ता हुन आश्यक रहेको कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।