एमसीसीबाट नेपालले पाउने यी हुन् महत्वपूर्ण फाइदा, गृहमन्त्रीले गरे सार्वजनिक

२ बर्ष अघि

२0७८ चैत्र ६ आईतवार

एमसीसीबाट नेपालले पाउने यी हुन् महत्वपूर्ण फाइदा, गृहमन्त्रीले गरे सार्वजनिक

पाल्पा । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी राष्ट्र हितका लागि रहेकाले अनुमोदन गरिएको बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जानकारी दिए ।

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीबाट नेपाललाई तीनवटा फाइदा हुने औल्याए । पहिलो देशमा रोजगारी बढ्नेछ। दोस्रो गरिबी हट्नेछ र तेस्रो अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए। उनले भने, ुस्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ। यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।