बंगलादेशको राजधानी ढाकास्थित इस्कॉन राधाकान्त मन्दिरमा तोडफोड र लुटपाट

२ बर्ष अघि

२0७८ चैत्र ५ शनिबार

बंगलादेशको राजधानी ढाकास्थित इस्कॉन राधाकान्त मन्दिरमा तोडफोड र लुटपाट

काठमाडौ । बंगलादेशको राजधानी ढाकास्थित इस्कॉन राधाकान्त मन्दिरमा तोडफोड र लुटपाट भएको छ । रिपोर्टका अनुसार बिहीबार ढाकाको वारीस्थित २२२ लालमोहन साहा स्ट्रीटमा रहेको इस्कॉन राधाकान्त मन्दिरमा २०० भन्दा बढी व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणमा सुमन्त्र चन्द्र श्रवण, निहार हल्दार, राजीव भद्र लगायत धेरै घाइते भएको बताइएको छ ।

सञ्चारमाध्यमका अनुसार बिहीबार बेलुकी ७ बजे मन्दिरमा आक्रमण भएको थियो । आक्रमणको क्रममा भीडले मन्दिरमा राखिएका धेरै बहुमूल्य सामानहरू लुटेर छाडे। आक्रमणकारीले मन्दिरमा तोडफोड गरेका छन् । मन्दिरको पर्खाल भत्किएको छ । बाहिरिएका तस्विरमा मन्दिरमा निकै तोडफोड भएको देखिन्छ । घटनास्थलमा अहिले पनि तनाव रहेको छ । सद्भाव कायम राख्न सुरक्षा व्यवस्था कडा पारिएको छ । केही महिना पहिले बाङ्लादेशमा हिन्दूहरुको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघको चासो लिएको थियो । भने बाङ्लादेशमा हिन्दुहरु माथि निरन्तर हमला हुदै आएको छ ।

गत वर्ष दुर्गा पूजा मण्डलमा आक्रमण भएको थियो
गत वर्ष, बंगलादेशको कुमिल्ला सहरको नानुर दिघी ताल नजिकैको दुर्गा पूजा पण्डलमा कुरानको कथित अपमान भएको खबर फैलिएपछि हिंसा भड्कँदा कम्तिमा तीन जनाको मृत्यु भएको थियो। यसअघि ढाकाको टीपु सुल्तान रोड र चटगाउँको कोतवालीमा पनि यस्तै घटनाहरू सार्वजनिक भएका थिए।