स्थानीय तह निर्वाचन फिक्स उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

२ बर्ष अघि

२0७८ चैत्र ५ शनिबार

स्थानीय तह निर्वाचन फिक्स  उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । अब स्थानीय निर्वाचन  तयारी तिब्र पार्न्र समेत निर्वाचन आयोगले जनाएको छ ।  आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको  जनाएका छन् । अहिले स्थानीय निर्वाचन हुने नहुने असमन्ज्स बिच निर्वाचन आयोगले मिति तोकेको छ । 
आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले दिएको मिति र समयमा देशमा मान्यता पाएका दलहरूले आफ्नो उम्मेदवारी दर्ता गराउन सक्ने छन । थप ७३ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको निर्णय गरेको छ ।

त्यसैगरी वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर्ने आयोगले जनाएको छ । वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।