सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा सहितको टोली दार्चुलामा

२ बर्ष अघि

२0७८ चैत्र ४ शुक्रबार

सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा सहितको टोली दार्चुलामा

दार्चुला । सुदुरपश्चिम प्रदेशका सभामुख सहितको टोली अनुगमन निरीक्षणका क्रममा दार्चुला पुगेका छन । शुक्रबार सभामुख अर्जुन बहादुर थापा , उपसभामुख निर्मला बडाल जोशी , लेखासमिति सभापति नन्दा बम लगायतका सदस्यहरुको टोलि दार्चुला पुगेको हो । दार्चुृला जिल्लाको समग्र विकास र भगौलिक अवस्थाका बारेमा बुझ प्रदेश सरकारको टोलि दार्चुला पुगेको दार्चुला जिल्लका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्ययले जानकरी दिनु भयो । शुक्रबार दार्चुला जिल्लामा कार्यालय प्रमुखहरु संग अन्तरकृया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सरकारका सभामुख अर्जुन बहादुर थापाले हरेक कार्यालय प्रमुखले संकल्पका साँथ नयाँ काम गरि जिल्लाको विकास गरेमा मात्रै हरेक जनप्रतिनिधि सफल हुने भएकाले सहयोग गर्नु आवश्यक रहेको बताउनु भयो । त्यसैगरि कार्यक्रममा बोल्दै उपसभामुख निर्मला बडाल जोशीले दार्चुला जिल्लाको जटिलता हेरेर सकृय भई काम गरेमा विकास हुन सक्ने भएर कटिवद्ध भएर काम गर्न आग्रह गरेका छन । दार्चुला जिल्लाको शिक्षा , स्वास्थ्य , खानेपानी , सिचाई , विद्युतिकरण लगायतका क्षेत्रमा परिवर्तनका लागि पहिलो भुमिका कार्यालय प्रमुखको भएका रहेका बताएका छन । मानव संसाधनका लागि हरेक नागरिकलाई स्वास्थ  बनाउनमा हरेक सचेत नागरिकले चेतना फैलाई स्वास्थ  क्षेत्रमा परिवर्तन गर्न सकेमा मात्रै  दार्चुला जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधार हुने प्रदेश सभा सदस्य  नन्दा बमको भनाई छ । प्रदेश सरकारले गरेका गतिविधी तथा बजेटका बारेमा सरकारी पक्षको ध्यानाकर्षण  भएकाले काम गर्न भईरहेका कठिनाईलाई सदनमा उठान गर्न सहज होस भन्ने उदेश्यका साँथ सुदुरपश्चिम प्रदेशका सभामुख  थापा लगायतका पदाधिकारीको टोलिले जिल्ला भ्रमण गरिरहेको दार्चुला जिल्लाको क्षेत्र नम्बर क का प्रदेश सभा सदस्य  गेल्बुसिह बोहोराले बताउनु भयो ।