काठमाडौं–नेपालमै पहिलो पटक सौर्य एयरलाइन्सको जहाजको वाहिरी

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

काठमाडौं–नेपालमै पहिलो पटक सौर्य एयरलाइन्सको जहाजको वाहिरी

काठमाडौं–नेपालमै पहिलो पटक सौर्य एयरलाइन्सको जहाजको वाहिरी भागमा सिप्रदी टे«डिङको विज्ञापन सुरु भएको छ । अटोमोवाइल्स कम्पनी सिप्रदी र सौर्य एयरलाइन्सवीचको सम्झौता अनुसार यस्तो विज्ञापन सुरु भएको हो ।    एयरलायन्स र सिप्रदीवीचको सम्झौता अनुसार टााको टियागो गाडी सौर्य एयरको जहाजको वाहिरी भागमा प्रचारका रुपमा राखिने भएको हो । जहाजको वाहिरी भागमा कुनै एक कम्पनकिो प्रचारातमक सामाग्री राखिएको यो पहिलो पटक भएको कम्पन्लिे जनाएको छ । जस अन्र्तगत सिप्रदीले एक वर्षसम्म सौर्य एयरलाइन्सलाई प्रचार खर्च भुक्तानी गर्ने जनाइएको छ ।    

 

टाटाको टियागो गाडी पछिल्लो समय नेपालमा ख्याती कमाइरहेको छ । आफ्नो लेटेस्ट व्राण्डलाई नौलो ढंगवाट प्रचारमा उतारोको कम्पनीले जनाएको छ ।  एयरलाइन्सको वाहिरी भागसहित जहाजका सिट लगायत भित्री अन्य भागमा पनि टाटाको प्रचार सामाग्री रहने जनाइएको छ । सौर्य एयरलाइन्स पछिल्लो समय आफ्नो आन्तरिक उडानमा सेवा विस्तार गरिरहेको निजी क्षेत्रको कम्पनी हो