जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समिति अध्यक्षमा जोशी

२ बर्ष अघि

२0७८ चैत्र ४ शुक्रबार

जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समिति अध्यक्षमा जोशी

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समिति अध्यक्षमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दीपक जोशीलाई नियुक्त गरिएको छ।

बिहीवार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले जोशीलाई जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।

यसअघि जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समितिको अध्यक्षमा माओवादी नेता दलजीत सिह धामी रहेका थिए। मन्त्रीपरिषद् बैठकले प्रदेशका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियुक्त गरेको छ।