भारत–क्यानडा सिईपीए वार्ता मार्च १०–१३ सम्म

२ बर्ष अघि

२0७८ चैत्र ४ शुक्रबार

भारत–क्यानडा सिईपीए वार्ता मार्च १०–१३ सम्म

काठमाडौ ।  आगामी हप्ता क्यानडाका अन्तर्राष्ट्रिय व्यापार, निर्यात प्रवर्द्धन, साना व्यवसाय र आर्थिक विकास मन्त्री मेरी एनजीले नयाँ दिल्ली भ्रमण गर्दैछिन ।

यस भ्रमणको क्रममा भारत र क्यानडाले द्विपक्षीय व्यापार सम्झौताको बारेमा छलफल गर्ने र भारत–क्यानडा व्यापक आर्थिक लगायत द्विपक्षीय सम्बन्ध र आर्थिक साझेदारीलाई थप मजबुत बनाउन मार्च १० देखि १३ सम्मको उनको भ्रमणमा विभिन्न द्विपक्षीय व्यापार र लगानीका विषयमा छलफल हुने वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जनाएको छ ।

वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलको सहअध्यक्षतामा हुने पाँचौं भारत९क्यानाडा मन्त्रीस्तरीय वार्ता वाणिज्य र लगानी ९एमडिटिआई० आयोजना गर्न क्यानडाका मन्त्री नयाँ दिल्ली आँउने भनेर मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

एमडीटीआई बैठकमा भारतरक्यानडा सीईपीए लगायत द्विपक्षीय सम्बन्ध र आर्थिक साझेदारीलाई अझ सुदृढ पार्न विभिन्न द्विपक्षीय व्यापार र लगानीका मुद्दाहरूमा छलफल हुनेछ, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।