दुईदेशको सिमा बैठक तिङ्करमा सम्पन्न ,महत्वपुर्ण ६ वटा निर्णय

६ बर्ष अघि

२0७५ भाद्र ११ सोमबार

दुईदेशको सिमा बैठक तिङ्करमा सम्पन्न ,महत्वपुर्ण ६ वटा निर्णय

दृष्टिकोण समाचार दार्चुला 
नेपाल र चिनको सिमा बैठक तिङ्करमा सम्पन्न भएको छ । शनिबारबाट उत्तरी छिमेकि संग सहकार्य बढाउन सञ्चालन गरिएकाे बैठकमा  दुबैदेशको सहमति र सहकार्यका विषयमा छलफल गरि महत्वपुर्ण ६ वटा निर्णयहरु गरीएका छन ।

दुवै देशको हितमा कामगर्ने गरि गरिएका निर्णयहरुको विवरण यसप्रकार रहेको छ । 

1. दूई देशका सीमावर्ति क्षेत्रमा सुरक्षा निकाय विच पारस्परीक सुचना आदान प्रदान प्रदान गर्ने ।

 2. सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने विषयमा सूचना आदान प्रदान गर्ने ।

 ३. संगठित अपराध नियन्त्रण, वहुराष्ट्रिय अपराध, लागु औषध मानव वेचविखन लगायतका अपराध नियन्त्रणमा सहयाेग र सहकार्य बढाउने । 

४. सीमा वैठकलाई नियमिता  गर्ने  विषयमा छलफल गरीयो ।

 ५. दार्चुलावासीलाई मानसरोवर तथा कैलाश पर्वतसम्मको तिर्थयात्राका लागी चिनिया तर्फवाट सहभागी प्रतिनिधि मण्डलका प्रमुख लाई आग्रह गरियो ।

६. दार्चुला वाट ताक्लाकोट सम्म पास लिएका दार्चुलावासीलाई मौषम प्रतिकुल भएको अवस्थामा हुम्ला को हिल्सा नाकावाट समेत आवतजावत दिन चिनिया तर्फवाट सहभागी प्रतिनिधि मण्डलका प्रमुख लाई आग्रह गरियो ।