नेपाल इन्जिनियरिङ कलेज र भारतको डेलनेटबीच समझदारीपत्रमा हस्ताक्षर

२ बर्ष अघि

२0७८ चैत्र १ मंगलवार

नेपाल इन्जिनियरिङ कलेज र भारतको डेलनेटबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज नेक दुवाकोट चाँंगुनारायण भक्तपुर र भारतको डेलनेट जेनु क्याम्पसबीच सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । डेलनेट इन्डियाको लार्जेस्ट रिसोर्स सेयरिङ लाइब्रेरी नेटवर्क हो ।

भारतको सबैभन्दा ठूलो संशाधन साझेदारी पुस्तकालय नेटवर्क डेलनेटको ३३ राज्य र आठ देशमा ६ हजार आठ सयभन्दा बढी पुस्तकालय लिंक गर्दै आएको छ ।

समझदारीपछि नेपाल इन्जिनियरिङ कलेजले कला, विज्ञान, वाणिज्य, शिक्षा, सामाजिक विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ प्रविधि, दन्त र चिकित्सा विज्ञानसहित विभिन्न क्षेत्रमा चयन गरिएका अन्तर्राष्ट्रिय पूर्ण पाठ पत्रिकामा पहुँच हुने जनाइएको छ ।

साथै ई(पुस्तकहरू अन्तर(पुस्तकालय ऋणमा उधारो र जर्नल लेखहरूको प्रतिलिपिहरू प्राप्त गर्ने सुविधाका साथ पुस्तकहरू, जर्नलहरू, लेखहरू, इत्यादिको तीन करोडभन्दा बढी क्याटलग रेकर्डहरूमा पहुँच हुने जनाइएको छ ।

समझदारीपछि ई पुस्तकहरू, ई लेखहरू र ई जर्नलहरूसहित एक दशमलब ६ करोडभन्दा बढी पूर्ण पाठ कागजात प्राप्त गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ । यसबाट कलेजका विद्यार्थी, शिक्षक र कर्मचारीले डेलनेटलाई पूर्ण क्षमतामा प्रयोग गर्ने विश्वास नेपाल इन्जिनियरिङ कलेजले लिएको छ ।