कम्युनिष्ट पार्टीहरु दोकानदार भए, जनताले तिरेको करको हिसाबकिताब हुन्छ – बलायर

२ बर्ष अघि

२0७८ चैत्र १ मंगलवार

कम्युनिष्ट पार्टीहरु दोकानदार भए, जनताले तिरेको करको हिसाबकिताब हुन्छ – बलायर

डोटी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले कम्युनिष्टले नेतृत्व गरेको सरकारले देश लुटेको आरोप लगाएका छन् । नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत बडीकेदारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले वडादेखि केन्द्रसम्म कम्युनिष्टले लुटेको बताएका हुन् ।


कम्युनिष्ट नेतृत्वको तीनै तहको सरकारले गरेको लुट, भ्रष्टाचारको पर्दाफास गर्नका लागि भए पनि कांग्रेसले चुनाव जित्नु पर्ने उनको भनाइ छ । ‘कम्युनिष्ट नेतृत्वमा भएका पालिकामा खातापाता, हिसाब किताब देखाइएको छैन,‘ उनले भने, ‘लेखा परीक्षण गरिएको छैन । ती खातापाताहरु खोतल्नका लागि पनि कांग्रेसले जित्नु पर्दछ ।’

कांग्रेसले जितेका पालिकामा भ्रष्टाचार भएको कसैले प्रमाणित गरे आफूहरु राजनीति त्याग्न तयार रहेको बलायरले बताए । ‘हामीले कमाउनका लागि, विलासिताका लागि राजनीति गरेका हैनौं । राजनीतिमा हाम्रो जेल नेल, त्याग तपस्या छ, उनले भने, ‘हामीले जीवन भर जनताको आवाज उठाएका छौं । कम्युनिष्टका कुन नेताले देशका लागि, जनताका लागि बोलेको छ रु उनले प्रश्न गरे ।’  कांग्रेसले जनमतको कदर गर्दै जनताले दिएको मत परिणाम सहर्ष स्वीकार गर्ने बताउँदै उनले हारे पनि जिते पनि कांग्रेस जनताको घरघरमा आउन नछोड्ने बताए । हामी हारे पनि जिते पनि जनताको घरआँगनमा आउन छाडेका छैनौं उनले थपे, ‘जनताको सुख, दुःख पीडामा समन्वय सहकार्य सहयोग गरिरहन्छौं ।’ हाम्रोकुरा