होली पर्वलाई मर्यादित तरिकाले मनाउन प्रशासनको आग्रह

२ बर्ष अघि

२0७८ फाल्गुन ३0 सोमबार

होली पर्वलाई मर्यादित तरिकाले मनाउन  प्रशासनको आग्रह

दार्चुला । आउँदै गरेको फागु पूर्णीमामा पर्ने होली पर्वलाई सभ्य, व्यवस्थित र मर्यादित तरिकारले मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना प्रकाशित गरी होली मनाउने नाममा कसैको इच्छ्या विपरित रंग दल्ने, अमर्यादित, गैह्रकानुनी र उच्श्रृखल किसिमका गतिविधि नगर्न सबैलाई अनुरोध गरेको छ । यदि कसैले यी यस्ता गतिविधि गरे प्रचलित कानुन अनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

होलीमा विशेषगरी दार्चुलाका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने प्रचलन छ । सो अवसरमा पौराणिक, धार्मिक, राजनीतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ । होलीको दिन ठूलाबाट सानाले आशीर्वाद लिने चलन समेत रहेको छ ।  परम्परागत रुपमा संकृतिको संरक्षणका लागि होली पर्व मनाउँदै आएको छ । पहिलेदेखि चलिआएको परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि होली सुरु हुन लागेको हो । त्यसैगरी, तराई र भारतबाट व्यापारका सिलसिलामा गएकाहरु पनि होली पर्वमा घर आउने चलन रहेको छ ।

हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेतायुगसँग जोडिएको छ । त्रेतायुगमा भगवान् विष्णुका परम भक्त प्रल्हानसँग यस चाडलाई जोडेर हेरिन्छ । वर्तमान समयमा पश्चिमा संस्कृतिको आक्रमणमा परेर होली पर्वको मौलिकता हराउन लागेकोप्रति पाकापुस्ता चिन्तित बनेका छन् । पछिल्लो समय होली पर्वलाई रङ खेल्ने पर्वका रुपमा मात्रै लिने गरिएको पनि पाइएको छ । यो वर्ष अगामी चैत्र ३ गते पहाड र चैत्र ४  गते तराईमा होली पर्व परेको छ ।