महिला उद्यमीहरुका लागि डिजिटल अनलाईन सारक्षरता कार्यक्रम

२ बर्ष अघि

२0७८ फाल्गुन २९ आईतवार

महिला उद्यमीहरुका लागि डिजिटल अनलाईन सारक्षरता कार्यक्रम

दार्चुला । महिला उद्मीहरुका लागि दार्चुलामा डिजिटल अनलाईन सारक्षरता कार्यक्रम सम्पन्न भएको छ । इसिमोड भारतको सहयोग तथा सकल्प दार्चुलाको समन्वयमा आइतबार महिला उद्यमीहरुले उत्पादन गरेको बस्तुलाई अनलाई प्रविधि मार्फत बजारीकरण गर्न उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रम ग्रामीण क्षेत्रमा उत्पादन गरिने बस्तुहरुलाई डिजिटल प्रविधि फेसबुक इ्ंस्टाग्राम ट्विटर  वाइबर युटुटुबहरु मर्फत व्यापार बढाउन सहजता ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको  संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले बताए । कार्यक्रममा इसिमोडको कार्यक्षेत्र  भित्र पर्ने सिमावर्ती क्षेत्रका महिलाहरुको उद्यमीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । उतm कार्यक्रम इसिमोड कट इन्टनेशनलका कार्यक्रम अधिकृत लगायतका पदाधिकारीहरुले बजारीकरण तथा व्यवस्थापनका बारेमा जानकारी गराएका हुन । कार्यक्रममा ३८ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।