सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

२ बर्ष अघि

२0७८ फाल्गुन २९ आईतवार

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुन चाँदीको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ । 
 नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा १ लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ । यसअघि अस्ति तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ आज तोलामा १४ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।