रोनाल्डोको ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

२ बर्ष अघि

२0७८ फाल्गुन २९ आईतवार

रोनाल्डोको ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डौ । क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा युनाइटेडले टोटेनह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलमा रोनाल्डोले १२, ३८ र ८१ औँ मिनेटमा गोल गरे । १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ह्याट्रिक गरेका हुन् ।

युनाइटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक पनि हो । ह्याट्रिकसँगै रोनाल्डोले व्यावसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले ८ सय ७ गोल पूरा गर्दै कीर्तिमान बनाए ।

जितसँगै ५० अङ्क जोडेको युनाइटेड अङ्क तालिकाको चौथो स्थानमा छ । टोटेनह्याम ४५ अङ्क जोडेर सातौँ स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा लिभरपुलले ब्राइटन तथा ब्रेन्टफोर्डले बर्नलीलाई समान २–० गोल अन्तरले पराजित गरेका छन् ।