महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुखको बिदाई 

६ बर्ष अघि

२0७५ भाद्र १0 आईतवार

महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुखको बिदाई 

दृष्टिकोण समाचार भाद्र १०दार्चुला 
महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख शुसिल चन्द्र देवकोटाको दार्चुला मिलन केन्द्रले आज विदाई गरेको छ । 
२२ महिनाबाट महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख भई का मगर्दै आएका देवकोटाको आईतबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेका हुन । प्रमुख जिल्ला अधिकारी तथा क्रमचारी मिलन केन्द्रका संरक्षक खुमकान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ आउनु भएका मित्र बरालको स्वागत पनि गरेका छन । 
प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले कार्यक्रममा बोल्र्दैे शुसित चन्द्र देवकोटालाई  महाकाली नदी नियन्त्रण आयोजना एकदमै प्रसंसनिय काम गरेकाले बधाई दिनुका साथै भावि जिवनमा सफलताको शुभकामना दिनु भएको छ । ्त्यसै गरि कार्यक्रममा बोल्दै विदाई भएर गएका आयोजना प्रमुख शुसिल चन्द्र देवकोटाले दार्चुला ३ बर्ष सम्मको लामो बसाईमा काम गर्दा सहयोग खुसि रहेको बताउनु भयो । त्यसैगरि कार्यक्रममा बोल्दै पत्रकार महासंघ दार्चुलाका अध्यक्षले विदाई भएर जानु भएका  शुसित चन्द्र देवकोटा एकदमै मिलनसार, आफ्नो जिम्मेवारी पुरा गर्ने र महाकाली आयोजनालाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् । आजै नयाँ सरुवा भएर आउनु भएका आयोजना प्रमुख  मित्र  बराललाई स्वागत पनि गरेका छन । 
दार्चुलाबाट शसिलचन्द्र देवकोटा जलस्रोत तथा उर्जा मन्त्रालयमा सरुवा भएकाे छ । भने नयाँ आउनु भएका आयोजना प्रमुख मित्र बराल जलस्रोत तथा सिचाई विभागबाट दार्चुला आएका हुन ।