भारतको सहयोगमा युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगे

२ बर्ष अघि

२0७८ फाल्गुन २९ आईतवार

भारतको सहयोगमा युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगे

काठमाण्डौ । युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगेका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई पनि उद्धार गरेर ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा ट्विटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद दिनुभएको छ ।

रुस र युक्रेनबीचको युद्धका कारण अहिले विभिन्न देशले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काइरहेका छन् । युक्रेनबाट अहिलेसम्म पाँच सय ८४ जना नेपाली बाहिरीएका छन् । यो बाहेक युक्रेनमा नेपाली नागरिक भए नभएको बारे तथ्याङ्क नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार युक्रेनबाट नेपालीहरु विभिन्न देशमा गएका भए पनि नेपाल आएपुगेको औपचारिक जानकारी भने चार जनाको मात्रै रहेको छ ।