राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको तेश्रो दार्चुला जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन

२ बर्ष अघि

२0७८ फाल्गुन २८ शनिबार

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको तेश्रो दार्चुला जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन

दार्चुला ।नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको तेश्रो दार्चुला जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपक राज विष्टलाई अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, दार्चुला शाखाको उपाध्यक्षमा तिलक प्रसाद चपाई महिला उपाध्यक्षमा गोविन्दी लोथ्याल सचिववमा लोकेन्द्र सिह धामी सह सचिवमा नरेन्द्र सिह महरा  कोषाध्यक्षमा जमन सिह साहु सर्वसहमत रुपमा चयन गरेको हो । २०६२ साल जेष्ठमा ’राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल’ को स्थापना भएको थियो । र २०६५ साल असार ११ गतेका राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाललाई स्वास्थ्यकर्मीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियनका रुपमा श्रम विभागमा दर्ता गरिएको थियो ।२१ सदस्यीय जिल्ला कमिटी चयन भएको जिल्ला अध्यक्ष  दिपक राज विष्टले जानकारी दिनु भएको छ । शनिबार भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उप सचिव खगडक सिह बडालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दार्चुलाका निवर्तमान अध्यक्ष दिपक राज विष्ट रहनु भएको थियो । यस्तै कार्यक्रममा जिल्ला अस्पताल दार्चुलाका डाक्टर  पुजा बम ,डाक्टर नवीन मल्ल  लगायत  स्वास्थ्यकर्मी सञ्चारकर्मीहरुको सहभागितामा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।