खनालको टाउको दुखाइको विषय बन्यो एमसीसी

२ बर्ष अघि

२0७८ फाल्गुन २७ शुक्रबार

खनालको टाउको दुखाइको विषय बन्यो एमसीसी

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा खनालले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्ने र यसलाई सम्झौताको अंग बनाउनुपर्ने बताए ।

प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, उक्त घोषणालाई अमेरिकाले स्वीकार वा अस्वीकार गरेको केही भनेको छैन् । खनालले सम्झौताको अंग बनाउनुपर्ने बताउँदै जस्ताको तस्तै कार्यान्वयन भए चीन विरोधी हुने धाराणा राखे ।

उनले नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग नबनाई जस्ताको तस्तै कार्यान्वयनमा लगिए एमसीसी कम्युनिस्ट र चीन विरोधी हुने टिप्पणी गर्दै एमसीसी अब कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न गरे ।

व्याख्यात्मक घोषणलाई नमान्दा एमसीसी एकलौटी सम्झौताजस्तो हुने र नेपालको भन्दा अमिरिकी हितलाई माथि राखिएको हुन जाने खनालको भनाई छ । व्याख्यात्मक घोषणालाई मान्दा एमसीसीको नाममा विवाद गर्ने कुरा अब नरहेको उनले बताए ।