चुनावी अभियानमा होमियो कांग्रेस, गाउँ जाने प्रतिनिधिलाई देउवाको विशेष निर्देशन

२ बर्ष अघि

२0७८ फाल्गुन २७ शुक्रबार

चुनावी अभियानमा होमियो कांग्रेस, गाउँ जाने प्रतिनिधिलाई देउवाको विशेष निर्देशन

काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसले चुनावी अभियानको घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानको शुभारम्भ गरेका हुन् । यसका लागि ८ बुँदे तयारीपत्र प्रतिनिधिहरुलाई प्रदान गरिएको छ । अभियानका क्रममा कांग्रेसले एमसीसीबारे जनतामा छरिएका भ्रम पनि चिर्ने छ ।

फागुन २९ गतेबाट सुरु हुन लागेको एक महिने अभियानका लागि कांग्रेसले आठ वटा उद्देश्य तय गरेको हो । त्यसैगरी स्थानीय तह निर्वाचनको माहोल बनाउन गाउँगाउँ पुग्ने कांग्रेसका केन्द्रीय प्रतिनिधिहरूलाई सभापति देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिए ।

‘निर्वाचनको माहोल निर्माण गर्ने क्रममा गठबन्धनलाई अप्ठेरो पार्ने कुनै गतिविधि नगर्नुहोला । तपाईंहरूले कांग्रेसको पक्षमा माहोल बनाउनुहोला,’ देउवाले निर्देशन दिए ।