उत्तरी छिमेकि संग तिङ्कर नाकामा नेपालको भेटघाँट, यस्तो भयो सहमती

६ बर्ष अघि

२0७५ भाद्र १0 आईतवार

उत्तरी छिमेकि संग तिङ्कर नाकामा नेपालको भेटघाँट, यस्तो भयो सहमती

राम सिह धामी  भाद्र १० , दृष्टिकोण समाचार दार्चुला 
नेपाल र चिनको सिमा बैठक तिङ्कर नाकामा जारी रहेको छ । 
शनिबारबाट उत्तरी छिमेकि संग दुबैदेशको सहमति र सहकार्यका विषयमा छलफल गरि त्रीदेशिय नाका सञ्चालनका बारेमा दुवैदेशका पदाधिकारीहरु बिच बैठकमा छलफल भएको छ ।  टोलिमा  नेपालका तर्फबाट  दार्चुला जिल्ला र हुम्ला जिल्लाका पदाधिकारी गरि ७ जनाको टोलि तिङ्करको सिमा बैठकमा सहभागी रहेको दार्चुलाका  सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनु भयो । शनिवार अर्थात भाद्र ९ गतेदखि ११ गते सम्म लगातार तिन दिन बैठक सञ्चालन गरिने र समग्र देशको बिकास र नाका सञ्चालनका बारेमा पनि बैठकमा जानकारी गराएको जोशीले बताउनु भयो । 
दार्चुला बझाङ र हुम्ला जिल्लामा रहेको चिन संगको नाका विस्ताका विषयमा चिनिया अधिकारीहरु संग तिङ्करमा सञ्चान गरिएको बैठकमा छलफल गरि छिटो भन्दा छिटो तिब्त नाकाहरु विस्तारका लागि दुवैदेशका पदाधिकारीहरुको सहमतीका बारेमा उच्च पदाधिकारीहरु माझ जानकरी गराउने निर्णय समेत गरेका छन । 
दृष्टिकोस समाचारमा फोटो फिचरहरु 

स्वागतमा दुवैदेशका पदाधिकारी 

नेपालकाे तर्फबाट तिङ्कर नाकामा सहभागी टाेली

नेपालका तर्फबाट सहभागीहरूकाे नामावली