महाकालीको बहाव बढी भएकाले अस्थायी रुपमा नदीको पानी नेपाल तर्फ फर्काउन खोजिएको जेसिवि नेपाल आएको होईन

२ बर्ष अघि

२0७८ फाल्गुन २७ शुक्रबार

महाकालीको बहाव बढी भएकाले अस्थायी रुपमा नदीको पानी नेपाल तर्फ फर्काउन खोजिएको जेसिवि नेपाल आएको होईन

दार्चुला ।  भारतले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । दार्चुला सदरमुकाम क्षेत्रको बंगाबगडमा महाकाली नदी किनारमा  बहाव बढी भएकाले अस्थायी रुपमा नदीको पानी नेपाल तर्फ फर्काउन खोजिएको हो ।

दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारमा ५ किलोमिटर पक्की तटबन्ध बनाइएको छ । भारतले पनि यहाँको जस्तै आफ्नै भूभागमा तटबन्ध निर्माणको काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्टले बताउनुभयो ।
भारतीय जेसिबि नेपाली क्षेत्रमा आएर महाकाली नदी नेपालतर्फ फर्काउने काम गरिरहेको भन्दै स्थानियहरुले प्रतिकार गरेपछि एसपी विष्टको नेतृत्वमा सशस्त्र प्रहरी टोली उक्त क्षेत्र पुगेको थियो ।  

‘तटबन्ध निर्माण भइरहेको भारतको क्षेत्रमा महाकालीको बहाव बढी भएकाले अस्थायी रुपमा नदीको पानी नेपाल तर्फ फर्काउन खोजिएको रहेछ’ उहाँले भन्नुभयो । 

यसबारे भारतीय एसएसबी कमाण्डेन्ट महेन्द्र प्रतावलाई जानकारी गराएको एसपी विष्टले बताउनुभयो । एसएबीले जानकारी पाएपछि उक्त स्थलमा पुगेको थियो । तटबन्ध निर्माणमा भारतीय प्रशासनले नेपालको प्रशासन सँग समन्वय नगर्दा यस्तो समस्या आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययको भनाई छ । 

महाकाली किनारमा निर्माण भइरहेको तटबन्धको संरचना लगायतका विषयमा जानकारी गराउन भारतीय पक्षलाई अनुरोध गरिएको भएपनि हालसम्म जानकारी नगराएको उहाँले बताउनुभयो । महाकाली सीमा नदी भएकाले नेपाली पक्षलाई त्यसबारे जानकारी गराइनु पर्नेथियो प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो । 

आज उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको पिथौरागढ जिल्ला प्रशासनका अधिकारीहरूबीच कुराकानी भएको छ । तटबन्ध बारे नेपाली प्रशासनलाई जानकारी नगराउनु भारतीय पक्षको कमजोरी भएकाले यस्तो घटना भयो भनेका छौ । अब भारतका प्रशासनिक अधिकारीले कुरा गर्छन् होला, उहाँले भन्नुभयो ।  विरोध भएको क्षेत्रमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत अधिकारीहरू पुगेका थिए । प्रशासनिक अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले स्थानियहरुलाई प्रशासनिक तहबाट समस्याको समाधान गरिने आश्वासन दिएका छन् ।

 यस घटनाका कारण भारत र नेपालका जनताबीच द्वन्द्वको स्थिति सिर्जना भएको थियो, भारतले पनि सोही क्षेत्रमा काम गरिरहेको अवस्थामा भारत नेपालले मिलेर काम गर्न आवश्यक छ र आपसी समन्वय गरेर आफ्नो भाइचारालाई बिगार्न नदिने, केही व्यक्तिहरू  राजनीतिक पक्षमा छन्, जसका कारण उनीहरू आपसमा विचलनको अवस्था सिर्जना गरिरहेका छन् । यसमा आफु भन्दा पनि प्रशासनको काम भएकाले ध्यान दिनु आवश्वय रहेको छ । नेपाल भारतको रोटि बेटिका सम्बन्ध भएकाले समस्या हुने भएकाले मिलेर काम स्थानीय हरुकाे भनाई रहेको छ ।