उत्तराखण्डका मुख्यमन्त्री हारेपनि उनको दललाई भारी बहुमत

२ बर्ष अघि

२0७८ फाल्गुन २६ बिहीबार

उत्तराखण्डका मुख्यमन्त्री हारेपनि उनको दललाई भारी बहुमत

एजेन्सी । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिह धामी विधानसभा चुनावमा पराजित भएका छन् । उनी खतिमा विधानसभाबाट कँग्रेस आईका भुवनचन्द्र काप्रीसँग पराजित भएका हुन् । ७ हजार मतान्तरले धामी पराजित भएपनि उनको दल भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ । उत्तराखण्डमा भाजपाको दोस्रो कार्यकाल सरकार बन्ने भएको छ । तर, धामी मुख्यमन्त्री हुने छैनन् । यसअघि तीरथ सिंह रावतको ठाउँमा गत वर्ष धामीलाई मुख्यमन्त्री बनाइएको थियो । धामी ४५ वर्षमा मुख्यमन्त्री बनेर उत्तराखण्डको सबैभन्दा कान्छा मुख्यमन्त्री बन्न सफल भएका थिए ।